जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्सको टेबल टेनिसमा नेपालको महिला तथा पुरुष ‘टिम’ इभेन्टमा पराजित भएका छन्।
महिलामा चीनसँग नेपाल ३-० को सेटमा पराजित भयो।
इभाना थापा, नवीता श्रेष्ठ, योङगी पौडेल तीनै जनाले कुनै पनि सेट जित्न सकेनन्।
पुरुषमा चाइनिज ताइपेसँग पनि ३-० को सेटमा पराजय भोग्यो नेपालले।
नेपालका रुबिन महर्जन, संयोग कपाली र ज्ञानन्जय कपा दाहालले कुनै पनि सेट जित्न सकेनन्।