जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा नेपालले पहिलो पदक जित्न सफल भएको छ।
नेपालले करातेबाट पहिलो पदकस्वरुप कास्य पदक जितेको हो।
नेपालका लागि करातेको कुमितेको ८४ केजीमाथिको तौल समूहमा तेन्जिङ शेर्पाले कास्य पदक जित्न सफल भएका हुन्।
तेन्जिङ सुरुमा सेमिफाइनलमा इरानका नेमातीसँग ५-० अंकलेपराजित भएका थिए। सेमिफाइनल पराजित भएपछि उनले कास्य पदकका लागि लाओसका खेलाडीसँग प्रतिस्पर्धा गरे।
जसमा उनले लाओसका वाथानालाई ९-१ अंकले हराएर देशका लागि पहिलो कास्य जित्न सफल भए।
यसअघि नेपालले करातेबाट पदकको आशा गरे पनि तीन खेलाडी र एक टिम कास्य पदकको भिडन्तमा चुकेका थिए।
यता नेपालले बक्सिङमा एक खेल जित्न बाहेक अरु खेलमा पराजय भोगेको छ।
बक्सिङको ६० केजी तौल समूहमा नेपालका खगेन्द्र रोकामगर अन्तिम १६ चरणमा प्रवेश गर्न सफल भए। उनले प्रारम्भिक चरणको खेलमा खगेन्द्रले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० ले पराजित गरे । उनको अब अर्को खेल शुक्रबार हुनेछ ।
स्वाक्वास मिक्स डबल्समा नेपालका बिपना भ्लोन र अरहन्त सिंहको जोडी पहिलो चरणबाटै बाहिरिएको छ पराजित भयो। अन्तिम ३२ को खेलमा उनीहरुलाई पाकिस्तानका आसिम खान र मेहविश अलीसँग २–० ले पराजित गरे।
टबलटेनिसमा पनि नेपालले खराब प्रदर्शन गरेको छ। मिक्स्ड डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी दोस्रो चरणबाट बाहिरिए। उनीहरु हङकङका यिउ क्वान टो र एनजी विङ लामसँग ३–० को सोझो सेटमा पराजित भए।
महिला सिंगल्समा नेपालकी इभाना थापा पहिलो चरणमा उज्बेकिस्तानकी अरुजान कमालोभासँग पराजित भइन्। नविता श्रेष्ठ चाइनिज ताइपेइकी चेन सु–युसँग हारिन्।