हिमालय स्पोर्ट्सले दक्षिण एसियाली फुटबलका दिग्गज भाइचुङ भुटिया फिफा विश्वकप २०२६ मा प्रसारण अनुभवको हिस्सा बन्न नेपाल आउने भएका छन्।
दक्षिण एसियाकै महान् फुटबलरमध्ये एक मानिने भुटिया रेड बुल फुटबल २६ इन एसोसिएसन विथ प्रोटोन इमासमा सहभागी हुनेछन्।
यो विश्वकपका लागि विशेष रूपमा तयार गरिएको प्रि-म्याच र पोस्ट-म्याच शो हो।
उनीसँगै नेपालका चर्चित फुटबल खेलाडीहरू र फुटबल व्यक्तित्वहरू पनि शोमा सहभागी हुनेछन्।
प्रि-म्याच र पोस्ट-म्याच शोमा विशेषज्ञ विश्लेषण, म्याच प्रिभ्यू, पोस्ट-म्याच प्रतिक्रिया, रणनीतिक छलफल र विशेष फुटबल सामग्री प्रस्तुत गरिनेछ।
विश्वकपका खेलहरू नेपालमा हिमालयन स्पोर्ट्स एचडी र डिजिटल रूपमा डिगोमा हेर्न सकिनेछ।