विश्वकप २०२६ सुरू भएको छ।
गएराति मेक्सिको सिटी स्टेडियममा विश्वकप २०२६ को उद्घाटन भएको हो।
उद्घाटनमा मेक्सिको सिटी स्टेडियम उत्सवमा झुम्यो।
उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिए।
त्यसपछि सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच खेल भयो। खेलमा सहआयोजक टोलीले विजयी सुरूवात गर्यो। उसले २-० गोलले दक्षिण अफ्रिकालाई हरायो।
खेलमा तीन खेलाडीले रातो कार्ड पाए। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड खाएर मैदान छाडे भने खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्ड पाए।
अमेरिकामा भने यही जुन १२ तारिखदेखि खेल सञ्चालन हुनेछ।
अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा अमेरिकाको सांस्कृतिक विविधता र मनोरञ्जन क्षेत्रलाई समेटेर प्रस्तुति दिइनेछ।
उद्घाटनसत्रपछि आयोजक अमेरिकाले पाराग्वेसँग खेल्दै विश्वकपको उद्घाटन गर्नेछ ।
त्यस्तै क्यानडाको टोरन्टोमा पनि जुन १२ तारिखमै विश्वकपको उद्घाटन हुनेछ । पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको क्यानडाले आफ्नो देशको पहिचानलाई प्रस्तुत गर्नेछ । मेक्सिको र अमेरिकाले भने यसअघि पनि विश्वकप आयोजना गरिसेकाको अनुभव छ।






