२०२६ को विश्वकपमा रातो कार्ड पाउने खेलाडीले अर्को एक खेल खेल्न पाउने छैनन् (एक खेलको प्रतिबन्ध लाग्नेछ)।
यो नियम सिधै रातो कार्ड पाउने वा दुईवटा पहेंलो कार्ड खाएर मैदान बाहिरिने दुवैका हकमा लागू हुनेछ।
यदि फिफालाई आवश्यक लागेमा गल्तीको गम्भीरता हेरेर एक खेलभन्दा बढीको प्रतिबन्ध वा अन्य थप कारबाही पनि गर्न सक्छ।
उद्घाटन खेलमै तीनवटा रातो कार्ड देखाइएको छ। जसका कारण केही खेलाडीहरूले आफ्नो टोलीको आगामी खेल गुमाउने भएका छन्।
दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थाम्बा ज्वानेले चेक गणतन्त्र विरुद्धको खेल गुमाउनेछन्।
मेक्सिकोका डिफेन्डर सेसार मोन्टेसले दक्षिण कोरिया विरुद्धको खेल गुमाउनेछन्।
पहेंलो कार्ड र प्रतिबन्धको नियम
खेलाडीले फरक-फरक खेलमा गरी दुईवटा पहेंलो कार्ड पाएमा पनि उनलाई एक खेलको प्रतिबन्ध लाग्नेछ।
खेलाडीहरूलाई मर्का नपरोस् भनेर फिफाले पहेंलो कार्डको गणना निश्चित चरणपछि हटाउने गर्दछ। समूह चरण सकिएपछि पहेंलो कार्डको गणना शून्य हुन्छ। क्वार्टर-फाइनल सकिएपछि फेरि पहेंलो कार्डको गणना शून्य बनाइन्छ।
यसको अर्थ सेमि-फाइनलमा एउटा पहेंलो कार्ड पाएको खेलाडीले पहिलेको कार्डका कारण फाइनल खेल गुमाउनु पर्ने छैन।
अर्को खेल गुमाउने खेलाडीहरूको सूची:
१. स्पेफेलो सिथोले (दक्षिण अफ्रिका)
२. थाम्बा ज्वाने (दक्षिण अफ्रिका)
३. सेसार मोन्टेस (मेक्सिको)