सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले ‘शिव ताण्डव’ गीतको भिडिओ बजारमा ल्याएका छन्।
‘द भ्वाइस अफ नेपाल सिजन-२’ बाट नेपाली सांगीतिक आकाशमा उदाएका गायक पृथ्वी खनालले फरक शैलीमा ‘शिव ताण्डव’ गीत बजारमा ल्याएका हुन्।
नेपाली लोक मौलिक बाजागाजाद्वारा संयोजित गीतमा गायक पृथ्वी खनालको स्वर र देवेश राईले संगीत संयोजन गरेका छन्।
भिडियोमा पृथ्वी र स्वजन रघुवंशीलाई मूख्य भूमिकामा देख्न सकिन्छ। पृथ्वीले भगवान शिवको पूजारीको भूमिका निर्वाह गरेका छन्।
ज्योति प्रोडक्सनले पोस्ट उत्पादन गरेको उक्त भिडियो ग्रीष्मा भट्टको निर्माण, पिटर गुरुङको छायांकन, विष्णुहरि तिमल्सिनाको सम्पादन र आरसी रिमालको सहायक निर्देशन पृथ्वी खनालको कथा निर्देशनमा बनाइएको छ।
‘शिव ताण्डव’ महाशिवरात्रीको अवसरलाई मध्यनजर गरी ल्याइएको हो।