१२ खरी बुक्सको ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’का विजेता घोषणा भएको छ।
शुक्रबार काठमाडौँको सोल्टी होटलमा आयोजना भएको कार्यकम्रमा १२खरी बुक्सले शीर्ष तीन विजेताको घोषणा सँगै उत्कृष्ट २५ कथासंग्रहको विमोचन गरेको थियो।
यस वर्षको बाह्रखरी कथा प्रतियोगितामा मनोज आदित्य न्यौपानेको कथा ‘अन्तिम अतिथि’ प्रथम भएको छ। प्रथम विजेता तथा कथाकार मनोजले एकलाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा दोस्रो स्थानमा सोप्निल निरजको ‘बुढो घर’ कथा भएको छ। उनले ६० हजार रुपैयाँको नगद पुरस्कार पाएकी छिन्। तेस्रो स्थानमा परेको कथा ‘मुडौली’की कथाकार रेनुका जिसीले भने ४० हजार रुपैयाँ पाएकी छिन्।
यसैगरी प्रतियोगितामा उत्कृष्ट २५ मध्येमा पर्ने बाँकी २२ जना कथाकारलाई पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिएको थियो।
‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ तेस्रो संस्रकण हो। यो कथा प्रतियोगिता अघिल्ला दुई वर्षपनि सम्पन्न भएको थियो। योपटक मुख्य निर्णायकमा आख्यानकार तथा साहित्यकार नारायण ढकाल, कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा निर्णायक समूहमा थिए।
विजेता घोषणा कार्यक्रममा रक्षा मन्त्री डाक्टर मीनेन्द्र रिजाल प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए।