नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्म 'ऊनको स्वीटर' ले दर्शकको भव्य माया पायो।
विपिन कार्की र मिरूना मगर अभिनीत यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्दै वर्षकै पहिलो सुपरहिट फिल्म बन्यो।
यसैबीच म्युजिकल फिल्ममार्फत दर्शकको मन जितेको आर्टमाण्डुको यो पहिलो फिल्म 'ऊनको स्वीटर' ले यतिबेला अर्को सफलता पाएको छ।
फिल्ममा समावेश चारवटै गीत दर्शकको मन जित्दै करोड क्लबमा प्रवेश गरेका छन्। यसअघि फिल्मका तीन गीत करोड क्लबमा पुगेकोमा हालै अर्को गीत 'चाइनेजो जिन्दगानीमा' ले पनि छोटो समयमै १० मिलियन बढी पाएको छ।
एउटै फिल्मका चारवटा गीत करोड क्लबमा पुगेको सम्भवतः यो पहिलो फिल्म हो।
फूल
संगीत र स्वरः सुजन चापागाईं
शब्दः हर्क साउद
संगीत निर्माताः कोबिद बज्र
भ्युजः २ करोड १६ लाख
मखमली
स्वरः सुजन चापागाईं र सुनिता थेगिम
शब्दः हर्क साउद
संगीतः सुजन चापागाईं
संगीत निर्माताः कोबिद बज्र र बिकेश बज्र
भ्युजः १ करोड ३२ लाख
काफ्ले
स्वरः झुमा लिम्बु र सुजन चापागाईं
शब्दः युवराज काफ्ले
संगीत रचनाकारः झुमा लिम्बु
संगीत निर्माताः बिकेश बज्र र दिप्सन पुटुवार
भ्युजः १ करोड ३३ लाख
चाइनेजो जिन्दगानीमा
स्वरः सुजन चापागाईं र सलिना बिक
शब्दः हर्क साउद
संगीत रचनाकारः सुजन चापागाईं
संगीत संयोजकः कुशल सिंह र बिकेश बज्र
भ्युजः १ करोड