नेपाली फिल्म 'लोकन्ती' को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा कमेडी र पारिवारिक कथालाई उठाउन देखाइएको छ।
रञ्जित रानाको निर्देशनमा बनेको फिल्ममा एसराज गराच र ऋचा थापाको शीर्ष अभिनय छ। साथमा विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रूपाखेती, गोविन्द प्रभात, रमेश बुढा मगर, लेखान्त भुसाल लगायत कलाकारहरूको अभिनय छ।
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा काजी लिम्बुको कथा लेखन छ। फिल्मको निर्माता सन्तोष न्यौपाने हुन्।
'लोकन्ती' यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउनेछ।