गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।
आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रशान्त निकट फिल्मकर्मी राजेश घतानीले जानकारी दिए।
दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरे। उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ।
इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन्।
'गोर्खा पल्टन', 'परदेशी', 'परदेशी-२', प्रशान्तका हिट नेपाली फिल्महरु हुन्। उनले हालसालै सलमान खानको फिल्म 'ब्याटल अफ गलवान' को छायांकन सकेका थिए।