गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधनप्रति भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गरेकी छिन्।
उनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत प्रशान्तको निधनप्रति दुःख व्यक्त गरेकी हुन्।
उनले प्रशान्तको मधुर स्वर र प्रेरणादायी यात्राले धेरैको जीवनमा छाप छाडेको बताएकी छिन्।
उनले लेखेकी छिन्, 'इण्डियन आइडल फेम तथा राष्ट्रिय स्तरका कलाकार प्रशान्त तामाङको आज अचानक र असामयिक भएको निधनले म दुःखी छु। हाम्रो दार्जिलिङ पहाडसँग उनको जराहरू जोडिएको र एक समयको कोलकाता प्रहरीसँगको सम्बन्धले उहाँलाई बंगालमा विशेष विशेष प्रिय बनाएको थियो। म उहाँको परिवार, साथीहरू र अनगिन्ती शुभचिन्तकप्रति समवेदना व्यक्त गर्दछु।'
प्रशान्तको ४३ वर्षको उमेरमा आइतबार बिहान दिल्लीमा निधन भएको हो। इण्डियन आइडल सिजन ३ विजेता प्रशान्तले थुप्रै हिन्दी, नेपाली तथा अन्य भाषाका गीतमा समेत स्वर दिएका छन्।
प्रशान्त प्रहरी, गायक हुँदै अभिनेता बनेका थिए।
पछिल्लो समय उनको सक्रियता गायनभन्दा अभिनयमा बढी थियो।