शुक्रबारदेखि फिल्म 'लालिमा' प्रदर्शनमा आएको छ।
फ्राइडे रिलिजको अवसर पारेर फिल्म देशभरका सिनेमा हलहरूमा एकसाथ रिलिज भएको हो। प्रतिनिधिसभा निर्वाचनपछि प्रदर्शनमा आएको यो पहिलो नेपाली फिल्म समेत हो।
वास्तविक यौनकर्मीहरूको समस्या, पीडा र मानसिकताको घटनामा बनेको भनिएको यस फिल्म रोशन मिराजले निर्देशन गरेका हुन्। फिल्ममा शीर्ष भूमिकामा अभिनेत्री रोशनी कार्की छिन्। जीवन भट्टराई, उषा रजक, शिशिर वाङदेल, सुष्मा निरौलालगायत कलाकारहरूको समेत अभिनय छ।
फेथ आस्थाले एम्पलिफाइ चेन्जसँगको सहकार्यमा निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रीना लामा हुन्।
पीजी सर्टिफिकेट प्राप्त 'लालिमा' को रनटाइम ११७ मिनेट छ।
यस्तो छ ट्रेलर: