अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेक्षा खड्काले विवाह गरेकी छन्।
उनले सोमबार प्रेमी आश्वासन जोशीसँग बिहे गरेकी हुन्। विवाहपछि शुभेक्षाले सामाजिक सञ्जालमा तस्बिर साझा गरेकी छन्।
शुभेक्षाले 'रणवीर', 'प्रेमा', 'चित्रा' लगायत केही फिल्ममा अभिनय गरेकी छन्। त्यस्तै, जोशी चाहिँ अमेरिकामा बसोबास गर्दै आएका छन्।