गुड फ्राइडे सिनेमा
दक्षिण भारतमा एक्सन, रोमान्स, थ्रिलरदेखि यथार्थपरक फिल्मको कमी छैन।
'बाहुबली– १ र २', 'आरआरआर' र 'केजिएफ– १ र २', 'पुष्पा– १ र २ ' त भारतीय सिनेमामै नयाँ इतिहास रचे। यसपछि थुप्रै दक्षिण भारतीय (साउथ इन्डियन) सिनेमाहरूले रेकर्ड बनाए।
दक्षिण भारतीय राज्यहरूबाट बाहिर निस्केर अन्तर्राष्ट्रिय प्रदर्शन समेत हुन थाले।
ठूला बजेटका फिल्मले बक्स अफिसमा धूम मच्चाउँदै करोडौं कमाउन थाले भने साना फिल्महरूले ओटिटी र युट्युबबाट राम्रो भ्युज बटुल्न थाले।
जहाँ सिनेमा घरहरूमा खासगरी एक्सनले भरपुर फिल्म चलिरहेका छन्, अनलाइन प्लेटफर्महरूमा थ्रिलर, ड्रामा, सस्पेन्स, अपराध कथा बढी रूचाइएका छन्।
यस्तै फिल्म हो मलयालम भाषाको साइकोलिजकल थ्रिलर 'सम्भवम् अध्यायम ओन्नु'।
यसको कथा भारतको केरल–तमिलनाडु सीमामा रहेको घना जंगलमा सुरू हुन्छ। र, यसमै केन्द्रित छ।
कथाको सुरूआतमा एक पोर्चुगाली परिवारकी मुखियाले एक युवती र उनका श्रीमानको शव लुकाउने प्रयास गर्छिन्।
त्यही बेला त्यहाँ केही रहस्य भएको संकेत पाइन्छ।
दशकौंपछि, एक प्रहरी टोली उही क्षेत्रमा कैदीहरूलाई लैजाँदै हुन्छ। सो क्रममा एक कैदी भाग्न खोज्छ।
कैदी भाग्न खोजेपछि गोली चलाइन्छ। त्यसको आवाजले केही उथलपुथल हुन्छ।
पूरै टोली कुनै चिह्न बिना हराउँछ।
वर्तमान समयमा, आनन्द एक सिभिल प्रहरी अधिकृत हुन्। उनका बुबा हराएकाले उनी अनाथका रूपमा हुर्किएका हुन्छन्।
एक दिन एक जना तमिलनाडु प्रहरी अधिकृत हराउँछन्।
आनन्द एसआई रेजी र एमजी अशोकन सहितको टोलीसँग उनको खोजीमा जंगल जान्छन्।
जंगलमा उनीहरूले मानव कंकाल र एक रहस्यमयी वायरलेस सेट फेला पार्छन्।
त्यही खोजी क्रममा एक यस्तो घटना हुन्छ, लगत्तै समयले अलौकिक मोड लिन्छ।
प्रहरीहरू समयको अजीब भूमरीमा फस्छन् र बाँच्नका लागि संघर्ष गर्नुपर्छ।
तर यसबीच आनन्दले यस्तो कुरा पाउँछन् जुन उनले कल्पना पनि गरेका हुँदैनन्।
त्यो के होला?
के आनन्द र उनको टोली सकुशल फर्किएला?
के उनीहरू र सुरूमा देखाइएको कथाको केही सम्बन्ध होला?
यसका लागि पूरा फिल्म हेर्नुहोला।
हेर्नुस् युट्युबमा-