२०८१ सालको सुपरहिट नेपाली फिल्म 'पुजार सार्की' युट्युबमा सार्वजनिक भएको छ।
आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बुलगायत कलाकारहरूको अभिनय रहेको फिल्मले बक्स अफिसमा ७ करोड ३८ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको थियो।
त्यसबेला दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्म हल रिलिजको झन्डै २ वर्षपछि डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ आएको हो।
सामाजिक कथावस्तुमा आधारित फिल्म दिनेश राउतको निर्देशनमा बनेको हो। सुवास भुसाल निर्माता रहेको फिल्म विकास सुवेदीले लेखेका हुन्।
हलमा सुपरहिट बनेपछि दर्शकको मागलाई ध्यानमा राख्दै फिल्मलाई युट्युबमार्फत सार्वजनिक गरेको निर्माण टिमले जनाएको छ।
फिल्म 'ओएसआर मुभिज'को युट्युबमा सार्वजनिक छ।