सरकारले नेपाललाई चलचित्र पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरिएको हो।
संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा चलचित्र, वृत्तचित्र, फोटोग्राफी तथा डिजिटल सामग्री उत्पादनलाई उद्योगका रूपमा विकास गरिने जनाइएको छ। साथै, मुलुकको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकन तथा सिर्जनात्मक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेका हुन्।