वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ 'चलचित्र दीर्घ साधना सम्मान'बाट सम्मानित भएका छन्।
'राष्ट्रिय चलचित्र पुरस्कार २०८२' मा श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई ३ लाख ७५ हजार रूपैयाँ नगदसहित उक्त सम्मान प्रदान गरेका हुन्।
दशकौंदेखि नेपाली कला र चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरिएको हो। अभिनय, हास्यव्यंग्य र सामाजिक सन्देशमूलक सिर्जनामार्फत उनले नेपाली मनोरञ्जन क्षेत्रलाई महत्वपूर्ण योगदान दिएका छन्।
'राष्ट्रिय चलचित्र पुरस्कार २०८२' अन्तर्गत विभिन्न विधामा पुरस्कार पनि वितरण गरिएको छ।
'ऊनको स्वीटर' उत्कृष्ट चलचित्र, नीर शाह र मिरूना मगर उत्कृष्ट अभिनेता-अभिनेत्री