समसामयिक उपन्यासहरू कस्ता विषयवस्तुमा लेखिएक छन्? उपन्यासकारको सफलता के हो? नेपाली साहित्यमा पौराणिक-ऐतिहासिक उपन्यास कहिलेदेखि लेखिए र कस्ता प्रकृतिका लेखिए? यिनै प्रश्नका उत्तरहरूबारे राजधानीमा विचार-विमर्श गरियो।
प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथीको छैठौं स्मृतिदिवस(पुण्य तिथि)का अवसरमा 'नेपाली उपन्यासमा ऐतिहासिक र पौराणिक विमर्श' विषयक कार्यक्रम भएको हो।
कार्यक्रमको सहजीकरण सेवा भट्टराईले गरेकी थिइन् भने वक्ताका रूपमा डा. रजनी ढकाल र डा. अलका आत्रेय चूडाल थिए।
उनीहरूले नेपाली साहित्यमा ऐतिहासिक र पौराणिक उपन्यासका विविध पक्ष, तिनको विकासक्रम तथा प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथीका उपन्यासका ऐतिहासिक र पौराणिक आयामबारे चर्चा गरेका थिए।
परिसंवादपछि आयोजित प्रश्नोत्तर कार्यक्रममा खगेश्वर गौतम, विष्णुप्रसाद भण्डारी, सिर्जना ज्ञवाली, मदनराज थापा, डा. भागवत ढकाल, सुभाषचन्द्र पोखरेल, कोषराज न्यौपानेलगायत सहभागीले जिज्ञासा राखेका थिए।
प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकार एवं साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो।