मारूती निर्देशित भारतीय रोमान्टिक हरर-कमेडी फिल्म 'द राजा साब' को पहिलो गीत 'रेबल साब' सार्वजनिक भएको छ।
तेलुगु भाषाको फिल्मको सार्वजनिक गीतको भिडिओमा अभिनेता प्रभासलाई रंगीन पहिरनमा नाच्दै गरेको देख्न सकिन्छ।
थमन एसको संगीत रहेको यो गीतको तेलुगु संस्करणमा सञ्जित हेगडे र ब्लेजेले स्वर दिएका छन्।
पिपल मिडिया फ्याक्ट्रीले निर्माण गरेको यस फिल्ममा प्रभासका अलावा सञ्जय दत्त, बोमन इरानी, मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमार र जरिना वहाबको मुख्य भूमिका छ।
फिल्म आगामी ९ जनवरीमा संक्रान्तिको अवसर पारेर रिलिज हुँदैछ।
'कल्की २८९८ एडी' पछि प्रभास अब 'फौजी', 'स्पिरिट' तथा 'सलार' र 'कल्की' को सिक्वेलमा देखिनेछन्।