सन् २०२४ मा रिलिज दक्षिण भारतीय फिल्म 'पुष्पा २' ले बक्स अफिसमा ठूलो सफलता पाएको थियो। यसले भारत र अन्तर्राष्ट्रिय रूपमा बक्स अफिस कमाइमा थुप्रै रेकर्ड बनाएको थियो।
यतिबेला यो फिल्मले दक्षिण भारतीय सिनेमा क्षेत्रमा प्रतिष्ठित मानिने 'फिल्मफेयर अवार्ड' को ७० औं संस्करणमा ठूलो सफलता हासिल गरेको छ। यसले अवार्ड समारोहमा सबभन्दा धेरै पाँच विधामा पुरस्कार जित्न सफल भएको हो।
'पुष्पा २' ले उत्कृष्ट तेलुगु फिल्म अवार्ड जित्नुका साथै निर्देशक सुकुमारले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे। फिल्मका मुख्य अभिनेता अल्लु अर्जुनले आफ्नो प्रभावशाली अभिनयका लागि यो फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड पनि जिते।
संगीत पक्षमा पनि फिल्म सफल देखियो। यसले उत्कृष्ट संगीत एल्बमको अवार्ड पनि जित्यो। संगीतकार श्री देवीप्रसादले ‘बेस्ट म्युजिक एल्मब’ को अवार्ड जिते।
सेट डिजाइनर रामकृष्ण र मोनिकाले 'पुष्पा २' का लागि उत्कृष्ट उत्पादन डिजाइनको अवार्ड पनि जिते। कुल मिलाएर फिल्मले पाँचवटा अवार्ड जित्यो।
७० औं फिल्मफेयर अवार्डमा अन्य कुनै पनि फिल्मले विभिन्न विधामा यति धेरै अवार्ड पाएनन्।