दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा यतिबेला थप चर्चामा छन्। हालै वैवाहिक जीवनमा बाँधिएका उनीहरूलाई फ्यान तथा शुभचिन्तकले बधाईं तथा शुभकामना दिइरहेका छन्।
यसैबीच उनीहरूको नयाँ फिल्म 'रणबाली' को पहिलो लुक र गीत सार्वजनिक गरिएको छ। फिल्म निर्माण पक्षले रश्मिका र विजयको वैवाहिक जीवनको सुरूआतलाई विशेष रूपमा स्मरण गर्दै पहिलो गीत रिलिज गरेको जनाएको छ।
सार्वजनिक गीतको हिन्दी संस्करणलाई 'ओ मेरे साजन' नाम दिइएको छ। गीतमा रश्मिका र विजयबीचको रोमान्टिक केमेस्ट्री झल्किएको छ। श्वेता मोहन, जावेद अलीको स्वर रहेको गीतको भिडिओमा विवाहपछिको जीवनका मधुर क्षणहरू प्रस्तुत गरिएका छन्।
निर्माण टिमले यो गीतलाई नवविवाहित जोडीप्रति समर्पित विशेष उपहारका रूपमा प्रस्तुत गरेको जनाएको छ।
फिल्म 'रणबाली' राहुल सांकृत्यानले निर्देशन गरेका हुन्। मिथ्री मुभी मेकर्स प्रोडक्सन गुलशन कुमार, भूषण कुमार र टी–सिरीज फिल्मले यसलाई प्रस्तुत गरेको हो।
फिल्म आगामी ११ सेप्टेम्बरदेखि विश्वव्यापी प्रदर्शनमा आउने तालिका तय छ।