भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री तमन्ना भाटिया अभिनीत फिल्म 'द भ्वान-फोर्स अफ द फरेस्ट'ले प्रदर्शनको पाँच दिनमा विश्वभर ५७ करोड ९५ लाख भारू कमाएको छ।
स्याकनिल्कका अनुसार फिल्मले मंगलबार अर्थात् प्रदर्शनको पाँचौं दिन भारतमा नेट ६ करोड भारू कमाएको छ। यससँगै भारतमा फिल्मको नेट कमाइ ४४ करोड ८५ लाख भारू पुगेको छ भने ग्रस कमाइ ५३ करोड ४५ लाख भारू पुगेको छ।
फिल्मले भारतबाहिर पाँचौं दिन ५० लाख भारू कमाएको संचारमाध्यमले जनाएका छन्।
यससँगै विदेशबाट फिल्मले गरेको कुल कमाइ ४ करोड ५० लाख भारू पुगेको बताइएको छ। भारत र विदेशको कमाइ जोड्दा फिल्मको विश्वव्यापी कमाइ ५७ करोड ९५ लाख भारू पुगेको हो।
'भ्वान'ले पहिलो दिन भारतमा ८ करोड, दोस्रो दिन ११ करोड २५ लाख र तेस्रो दिन १४ करोड ३५ लाख भारू कमाएको थियो। चौथो दिन भने फिल्मको कमाइ घटेर ५ करोड २५ लाख भारूमा सीमित भएको थियो। पाँचौँ दिन कमाइमा १४.३ प्रतिशत वृद्धि भएको स्याकनिल्कको तथ्यांकमा उल्लेख छ।
दीपक कुमार मिश्र निर्देशित 'भ्वान-फोर्स अफ द फरेस्ट' मा सिद्धार्थ र तमन्नासँगै सुनील ग्रोवर, मनीष पल, श्वेता तिवारी, अनुप सोनीलगायत कलाकारको अभिनय छ।
फिल्म २५ सेप्टेम्बरदेखि प्रदर्शनमा आएको थियो।