मानवअधिकार र सामाजिक न्यायका अभियानी प्रदीप परियारको नयाँ पुस्तक 'सियो धागो' बिमोचन भएको छ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच 'सियो धागो' बिमोचन गरिएको हो।
परियारले आफ्नो पहिलो पुस्तकमा जन्मथलो सिन्धुलीदेखि काठमाडौंसम्मको यात्रा, भोगाइ, दलितमाथि भएका हिंसा र हत्याका घटनाका अनुभूति, न्यायको संघर्ष र दलित समुदायको अवस्था झल्काउने कथाहरू समावेश गरेको छन्।
उनी लामोसमयदेखि सामाजिक न्यायका मुद्दाहरूमा सक्रिय छन्।
दलित अधिकार र सामाजिक न्यायका मुद्दामा केन्द्रित 'समता फाउन्डेसन' को कार्यकारी अध्यक्ष थिए। हाल 'दलित लाइभ्स म्याटर्स' नेपालको निर्देशक छन्।
सिन्धुलीमा जन्मिएका परियार ललितपुरलाई कर्मथलो बनाएर लामो समयदेखि युवा, मानव अधिकार र दलित समुदायको अधिकारको क्षेत्रमा क्रियाशील छन्।