मदन पुरस्कार विजेता लेखक विवेक ओझाको नयाँ कृति 'मौन कोलाहल' बजारमा आएको छ।
नौ वटा कथा समेटिएको यो कथा-संग्रहलाई सांग्रीला बुक्सले प्रकाशन गरेको हो।
'मौन कोलाहल'मा लेखक ओझाले समाजभित्र लुकेका कुरूप संवेदना र नग्न यथार्थलाई कलात्मक ढंगले उजागर गरेका छन्।
संग्रहमा समेटिएका कथाहरूले मानवीय अस्तित्व, सामाजिक ढोंग, नैतिक द्वन्द्व र चेतनाको अन्धकारलाई दार्शनिक शैलीमा प्रस्तुत गर्दै पाठकलाई गहिरो आत्ममन्थनतर्फ डोर्याउने प्रयास गरेका छन्।
लेखक विवेक ओझाले आफ्नो चर्चित उपन्यास 'ऐँठन'का लागि २०७९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। 'ऐँठन' र 'ऐलानी' जस्ता चर्चित तथा पाठकमाझ लोकप्रिय उपन्यासपछि प्रकाशित 'मौन कोलाहल' उनको पहिलो कथा-संग्रह हो।
यस कृतिले पनि साहित्यप्रेमी पाठकमाझ विशेष चर्चा बटुल्ने अपेक्षा गरिएको प्रकाशकले जनाएको छ।