लोकदोहोरी गीत 'रातो रातो बर्को' सार्वजनिक भएको छ। गायक कुलेन्द्र विश्वकर्मा र गायिका रचना रिमालको स्वरमा यो गीत सार्वजनिक भएको हो।
स्लो मोसन पिक्चर्सद्वारा प्रस्तुत गीतको भिडिओमा प्रथम क्षेत्री र सुनिशा बजगाईंको अभिनय तथा नृत्य देख्न सकिन्छ।
प्रेम, रोमान्स र लोक संस्कृतिको संयोजनले सजिएको गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको निर्माणपक्षले जनाएको छ।
गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत संयोजन खेम सेञ्चुरीले गरेका छन्। भिडिओ निर्देशन पनि प्रथम क्षेत्रीले नै गरेका हुन्।
जापानमा बसोबास गर्दै आएका निर्माता रवीन्द्र कुँवरको विशेष लगानीमा गीत बनेको हो। उनीसँगै हरि क्षेत्री निर्माता रहेको ‘रातो रातो बर्को’ मा छायांकन करण चैसिर र सम्पादन लक्ष्मण चौहानको छ।
गीत युट्युबलगायत विभिन्न डिजिटल माध्यममा उपलब्ध छ।