Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
शनिबार, फागुन ३०, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

‘इजा’   

Nmb
Nmb
चेतना शर्मा

चेतना शर्मा

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

रातो पुरानो थोत्रो पातलो कपडाले बाँधिएको टाउको, ब्लाउजभित्र परिवारका पुरूषहरूले प्रयोग गर्ने पुरानो गन्जी (जसलाई स्थानीय भाषामा बनियान भनिन्छ), त्यस्तै  जीउमा नमिलाएरै  बेरिएको पटुका र  धोतीको पहिरन।

यो भेषभूषा देख्दा मेरा आँखालाई  असहज  भइरहन्थ्यो। यद्यपि, बाहिरबाट हेर्दा जति असहज र  अव्यवस्थित देखिएता पनि उनी  आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरूप्रति भने सधैं व्यवस्थित भएर प्रस्तुत भैरहन्थिन्।

उनी थिइन् मेरी साथीकी ‘इजा’ अर्थात् आमा।

मैले आफ्नो जीवनमा पहिलो पटक भेटेकी ‘इजा’ पनि उनी नै थिइन्।  सुरूमा, आमालाई गरिने यो  सम्बोधनमा  उनको पहिरनजत्तिकै  कताकता के नमिले झै लागिरहन्थ्यो। किनभने मेरो परिवारमा सबैले आमालाई ‘आमा’ नै भन्ने सुनेकी थिएँ।

सुदूरपश्चिममा प्रयोग हुने केही यस्ता शब्दावली छन् जसले यस स्थान विशेषको भाषाको मौलिकता मात्र होइन समाजको परम्परा र संस्कारहरू समेत ती शब्दमा खाँदिएको जस्तो लाग्छ। 

यस स्थानको धेरै इजाहरूलाई नजिकबाट भेट्दा उक्त सम्बोधनको भाव र तिनका लागि बनाइएका सामाजिक परम्पराबीच तालमेलको स्वरूप प्रतिबिम्वित भयो।

आमालाई सम्बोधन गरिने शब्दहरू समयप्रारूप अनुसार फेरिँदै आएका छन्। यसोभन्दैमा  सम्बोधनका कारणले मात्रै  भावनामा  विचलन आउँछ भन्न खोजिएको त होइन।

तर, समाजका भाषा र  संस्कृति वा भनौं लवजहरूले समेत  कुनै युगको समग्रतालाई प्रतिबिम्बित गराइरहेका हुन्छन्।

मेरो मस्तिष्कले  प्रश्न  गथ्र्यो,  के इजाहरू आमाहरूभन्दा फरक हुन्छन्? यो प्रश्न मेरालागि सधैं इजाहरूतर्फ आकर्षित गर्ने आधार बन्यो।  र  केवल साथीको माध्यमबाट नाता गाँसिएकी  मेरी साथीकी इजातर्फ  म  प्रत्येक भेटपछि आकर्षित हुन थालें।

Ncell
Ncell

इजा सखारै उठ्थिन्। उनको दैनिकी गाई भैंसीको दूध  दुहुनु र  गोठको गोबर सोहरेसँगै अविरामरूपले चलायमान हुन्थ्यो।

परिवारमा उनले थामेको बिंडोलाई नजरअन्दाज गर्ने संस्कार समाजमा ‘इन्टरनलाइज्ड’ थियो। इतिहासदेखि नै इजाहरूले गर्नुपर्ने कामहरूको फेहरिस्तहरूमा एकमूर्तता थियो।

सकेसम्म आफू त्यो सीमारेखा बाहिर जान नपरोस् भन्ने कुरामा  स्वयं पनि प्रयासरत रहन्थिन्।  कामको गतिले उनलाई पकडेको हो वा उनले कामलाई कुदाइरहेकी छन् पत्तै हुँदैनथ्यो।

महीमा पिठो हालेर पकाएको ‘पलेउ’ वा तिहुन मेरी साथीकी इजाले प्राय: भातसँग पकाउँथिन्। पलेउमा तैरिरहेको  खुर्सानीका राता बोक्राहरूको  स्वाद जिब्रोले पनि  बेग्लै प्रकारले दिन्छ।

सबैलाई खाना पस्किसकेपछि इजाले आफ्ना लागि खुर्सानीका बोक्रा छुट्याएर अलग राख्दथिन्। जिब्रोमा भातसँगै खुर्सानीका स्वाद लिइरहँदा थकानलाई पनि सँगै मेटिरहे झैं लाग्थ्यो । त्यस्ता खुर्सानीका बोक्राहरूले तरकारीका अभावमा उनका लागि राम्रै सितनको काम गर्दथे।

सबै सदस्यले खाइसकेपछि रित्तिसकेका भाँडाहरू पुछपाछ गरेर खानेबानी उनलाई त्यस घरमा भित्रिएसँगै परिसकेको थियो।

हुनत उनले आफ्नी इजालाई पनि यस्तै अवस्थामा देखेकी थिइन्। यो अभावमा बाँच्ने संस्कृति  एउटा युगबाट अर्को युगमा सरेर आएको मात्र थियो। इजाले निर्वाह गर्नुपर्ने भूमिकामा भने कुनै चलमलाहट थिएन। पात्रहरू मात्र न फरक थिए।

कहिलेकाहीँ इजाको अनुहारमा परिरहेका ठाडा र तेस्रा रेखाहरूले हेरिरहँदा एउटा धर्सा र अर्को धर्साहरूबीच मन अल्भिरहन्थ्यो। पुनः प्रश्न गर्थें किन सुकिलामुकिला हुँदैनन् इजाहरू ?   मलाई ती रेखाहरूलाई चाउरी भन्न अझै पनि  मन लाग्दैन। ती  अनुहारका धर्साहरू उमेरजन्य परिणामभन्दा भोगाइले सृजना गरेका असामयिक जलप बढी  लाग्दथे। जसले यो पिंढीका हामी छोरीहरूलाई समेत  अंगालोमा  लिन तम्तयार भइरहेका  हुन्छन्।

अर्थात् आउने पिंढीहरूले समेत यही धरातलमा उभिएर बाँच्नुपर्ने अघोसितरूपमा पढाइरहेका पाठ थिए।

जवानीका पलहरूसँग साक्षात्कार नहुँदै  विवाहको अनिवार्य बन्धनमा बाँधिएका कयौं इजाहरू अबोध बाल्यकालबाट सोझै बुढेसकालमा प्रवेश गरेका संकेतलाई उनीहरूको मानसिक र शारीरिक व्यवहारले जाहेर गरिरहेको हुन्छ।

कहिलेकाहीँ तरक्क चुहिने उनका आँसुले मुटुमा अल्झिरहेका पीडालाई सरक्कै पखालेर ल्याउँथ्यो।  तिनलाई पनि सधैं प्रकट हुने अनुमति कहाँ हुन्थ्यो र!  

मनलाई शब्दमा कैद गर्न नसकिने अव्यक्तताले मलाई झन्झनाहट उत्पन्न गराइरहेको हुन्थ्यो। पुनः प्रश्न गर्थें के भावरहित हुन्छन् इजाहरू ?

मेरी साथीलाई प्रश्न गर्थे तिम्री इजा किन कम बोल्छिन्?

इजा ‘पुतारी’ अर्थात् महिला भएकोले घरमा ठूलाबडालाई बोलेको मन पर्दैन त्यसैले हो भन्ने सहज उत्तर साथीबाट पाउँथे।

तर, कता पखाल्छिन् र कता थन्क्याउँदी होलिन् इजा आफ्नो मौनता अथवा साँघुरिनु अघि उठ्ने हुरीबतासलाई भन्ने चाहिँ लागिरह्यो। त्यसैले मेलापात गर्न जाँदा आफूसरहका साथीभाइसँग यदाकदा आफूलाई खुकुलो पार्थिन् अवकुण्ठित मन। त्यो पनि ‘यदाकदा’।

मतमातान्तर भन्दा भिन्न रहने त्यो स्थिर मनलाई पनि यो भन्दा बढी स्वतन्त्रताको चाहना हुँदैनथ्यो होला भन्ने लाग्छ।

अन्य सदस्यका एक चौथाइ निद्रा पुगिसकेपछि मात्र राति ओछ्यानमा आफ्नो शरीरलाई विश्राम दिन भ्याउँथिन्।

उनीजस्ता  इजाहरू अथकित हुन्थे वा उनीहरूले थकानलाई नजरअन्दान गर्न जानेको हुन्थे? यो प्रश्न गौण हो यिनका सामु।

घरमा श्रीमानलाई खान पर्खंदापर्खंदै चुल्हामै आधा निन्द्रा पुगाइसक्ने तर, श्रीमान भन्दा छिटो खान हुँदैन भन्ने मान्यता बोकेका इजाहरू पतिभक्तिका कस्तो सरोवरमा तैरिरहेका हुन्थे! त्यो बुझ्न कठिन त थिएन तर, त्यो विश्वासको  सरोवरमा जतिसुकै ढुंगा हान्दा पनि कुनै हालतमा तरंग उत्पन्न हुँदैन भन्ने कुरा बुझ्दै गए।

यस अर्थमा मेरी साथीकी इजा पनि बेजोड लागिरहिन्।

घर चलाउन आवश्यक पर्ने आधाजसो अप्रत्यक्ष आर्थिक भार उनले बोकेकी थिइन्। यतिगर्दा पनि  यिनको बुहार्तन र अन्य जिम्मेवारीलाई  ‘केही गर्दिनन्’  भन्ने ठप्पा झुण्ड्याइएकोमा कुनै अनौठो मान्नुपर्ने कारण हुँदैन।  उनी स्वयं आफूलाई पनि सधैं केही नगरेको भन्ने लाग्थ्यो वा यी सबै संघर्ष महिलाले जन्मेसँगै प्राकृतिक आउने र झेल्नुपर्ने हुन्छ भन्ने उनको बुझाइ रहेको हुन्छ।

‘रातो रंग’ यिनको प्रिय थियो। रातो रंग, परिवार, लोग्ने यी एक आपसमा जोडिइरहने उनका जीवनका सेरोफेरो थिए किनभने रातो रंग  यिनका जीवनमा पतिको भौतिक उपस्थिति रहेसम्म प्रिय हुनैपर्छ भन्ने विचारको जरा निक्कै गहिरो थियो।

त्यो रंग प्रिय हुनैपर्छ भन्ने मान्यता समाजले खाँदी दिएको थियो।  मन पराइ र मन नपराइमा उनको मनको कुनै ‘चाहना’ को कुनै स्थान रहँदैन थियो। अर्थात् उनको मन पराइ यस्तै हुनुपर्छ भन्ने कुरा पनि समाजले उनको जन्मसँगै निर्धारण गरिदिएको थियो।  त्यसैले  टाउको दुख्दा  पुरानो रातो  कपडालाई टाउकोमा कसिरहेको देख्दा अचम्म मान्न नहुने कारण भेटें।

सधैं घर व्यवहार, वृद्घ सदस्य र पाहुनाहरूलाई देवतुल्य मानेर सेवा गर्ने संस्कारहरू निर्वाह गर्दा पोषणयुक्त खानाको अभाव,  रोपाइँ चल्ने याममा  माटो र पानीले कुहिएर चर्राउने उनका खुट्टाहरू र धेरै पटकको सुत्केरी हुँदा उचित स्याहार नपाउँदा चस्किरहने कम्मरले यावत काममा कुनै अवरोध पार्दैनथे।

लोग्नेको कमाइमा उनले वर्षको मुश्किलले एक जोर लुगा पाउँथिन्। शरीरमा गाईभैंसीका  गोबर सोहरेको गन्धहरू हुन्, अङारले काला भाँडा माझ्दा बनेका कालाम्य नङहरू  वा कपालमा  अल्झिरहने घाँस परालका तना नै किन नहुन् यी सबैले नैसर्गिक रूपमा जन्मको बिंडोलाई थामिरहे जस्तो लागिरहेको हुन्छ। यति गर्दा समाजको दृष्टिमा पनि सबै काम  घरका ‘बुवाहरूले’ नै गर्दथे !!

एकदिन खबर पाएँ, मेरी साथीकी इजाले यो संसार छाडिन् रे!  किन र कसरी बितिन् भन्दा पनि उनी यो संसारमा छैनन् भन्ने कुराले मलाई विचलित तुल्यायो। स्मृतिका श्रृंखलाहरू एकाएक मेरा आँखामा बिझ्न थालें।

पाठेघरबाट निरन्तर रूपमा बगिरहेको रगतका लप्काहरू नरोकिएपछि उनका प्राण पखेरु उडेर गए। उनी शून्यतामा बिलाइन् भन्ने थाहा पाएँ।  औषधि उपचार नपाएर उनको कम्मर दुख्ने समस्या झन्झन् बल्झिँदै गएपछि केही दिन थला परिन्। धामी झाँक्री गराइयो। 

तीन पुस्ताअघि उनको परिवारमा कसैले भाकेको भगवानले पाएका छैनन रे! त्यसैले भगवान रिसाएका छन्। ठूला भलादमी भनाउँदाहरूले उनको  बिरामीको  समस्याको मूल कारण पहिचान गरे र यही निष्कर्ष निकाले।

 मेरी साथीकी इजाजस्तै उपचार नपाएर सुदूरपश्चिमका धेरै घरहरूका  इजाहरूले अकालमै संसार त्यागेका छन्।

उनीहरूको जीवनले  बुवाको जीवन जत्तिको महत्व पाउँदैन। बुवाहरूले त अर्की इजा ल्याउने अनुमति पाएका छन्।

केही दिनपछि घरको कामलाई फेरि अर्की इजाले सम्हाल्छिन्।   यो भने पक्कै हो त्यो घरकी आधारस्तम्भ ढलिन्। यस्ता थुप्रै इजाहरू छन् जो समाजको नजरमा केवल पत्नी, आमा, बुहारी, काकी, ठूली आमाको जिम्मेवारीहरू निभाइरहेका हुन्छन्, जो आफू स्वयंलाई भने बिर्सन पर्छ भन्ने मानसिकतासँग बाँचिरहेका हुन्छन्।

यी इजाहरू आफ्ना जन्म र कर्मको मिलनलाई आफ्नो भाग्य ठान्दछन्। हुनसक्छ, त्यसैकारण आफूभित्र सल्बलाइरहेका संवेदनाहरूको कुलो थुनेर राख्नु कुनै अनौठो होइन् यिनका निमित्त।

मेरी साथीकी इजा पनि कुनै गुनासो नगरिकनै गइन् लाग्यो।  मनमा अड्किएका गुनासासँगै कतै विश्राम गर्दै होलिन्।

मुटुको कम्पनले तरंगीत गर्दै आँखाका डिलमा केवल तरल पदार्थको रूपमा  रूपान्तरण गर्ने तर,  निःशब्दरूपमा  भेदभावहरूलाई  झेलिरहेका यो समाजका इजाहरूका लागि जीवन केवल ‘एक’ जन्ममात्रै बनेर रहन गए।

अहिले पनि कतिपयका लागि सो अवस्था र सन्दर्भहरूमा बदलिएको छैन। उनीहरूका आवाजबाट आफैंले गरिरहेका संघर्षका कथाहरू व्यक्त भएनन् र हुँदैनन् पनि। किनभने उनीहरूको जन्म र कर्महरू बुवाहरूका भन्दा फरक हुँदैन भन्ने मान्यताको जरा उखेल्नसक्ने  ‘साहस’  यो समाजमा निकै कोशिसका  बावजुदमात्र जन्मिनसक्छ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १९:१६
सिफारिस
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!
मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
कालीगण्डकीमा बग्नबाट बचेको दिन!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP