मुद्रा अपचलनको आरोपमा प्रक्राउ परी पुर्पक्षका लागि जेल चलान गरिएका नेपाली युवा बिपिन थापा धरौटीमा रिहा हुने भएका छन्।
पक्राउ परेको करिब चार महिनापछि अस्ट्रेलियाको उच्च अदालतले थापालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। थापा सिड्नीको एक सेक्युरिटी कम्पनीमा लेखापालको जागिरे हुन्।
करौडौ डलरको अवैध कारोबार गरेको आरोपमा थापासहित सेक्युरिटी कम्पनीका भारतीय संचालक गगनदिप पावा, मनमिन्दर सिंह, गोपाली दलीलाई प्रहरीले गत साउन १५ गते पक्राउ गरेको थियो।
लेखापाल बिपीन थापाको संलग्नताको विषयमा उनलाई जेलमा राख्नुपर्ने कुनै कारण नदेखिएकोले हालका लागि धरौटीमा रिहा गरिन लागेको अदालतले जनाएको छ।। मंगलबार अदालतले धरौटीमा छाड्ने निर्णय गरेता पनि बिपीनको रिहाइ भने एक दुई दिनपछि हुने छ।
आवश्यक कानुनी कागजातको मिलानपछि थापा धरौटीमा रिहा हुनेछन्। उनलाई प्रारम्भका दुई सुनुवाइहरुमा जमानत दिइएको थिएन। थापा सिड्नीको अर्वन क्षेत्रमा बसोबास गर्दै आएका थिए।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६, ०७:२५:००