एनआरएनए बेल्जियममा दुई कार्यसमिति बीच एकता हुने सहमति भएको छ।
दुवै समितिबीच समायोजन गरी नेतृ्तवको आलोपालो गर्ने सहमति समेत भएको एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थीले जानकारी दिए।
सहमति अनुसार अध्यक्षको हैसियतले कमल पन्थीले अक्टोबर ११ सम्म काम गर्नेछन भने त्यसपछि अर्का अध्यक्ष लोकेन्द्र नेपालले नेतृत्व गर्नेछन्।
एनआरएनए बेल्जियममा भएको सहमतिले विश्वभरका राष्ट्रिय समन्वय समिति(एनसिसी)हरुलाई सहमति गर्न सन्देश गएको अध्यक्ष पन्थीले बताए।
‘सबैभन्दा चासोका साथ हेरिएको एनसिसी बेल्जियम हो। हामील सफलतापूर्वक एकता सम्पन्न गरेका छौं,' पन्थीले भने, 'मेरा लागि छोटो समय छ।तर यसको सदुपयोक गर्दै साथीहरुको समन्वयमा मैले काम गर्छु।’
एकताको लागि सहमति घोषणा कार्यक्रममा एनआरएनए अध्यक्ष हेमराज शर्मा,उपाध्यक्ष रामशरण सिमखडा,महासचिव चिरन्जिबी खड्का,पूर्व उपाध्यक्ष अर्जुन श्रेष्ठ लगायतको सहभागिता थियो।