बेलायतमा ग्याङ खाङ रिन्पोचे गुरूको विशेष सहभागितामा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ।
बुद्धिष्ट गुम्बा रेडिङ यूकेको आयोजनामा आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट आएका सात सय बढी भक्तजनहरूको सहभागिता थियो।
उक्त अवसरमा १५ जना धर्मगुरूको सहभागितामा विशेष जम्भला पूजा सञ्चालन गरिएको थियो।
कार्यक्रममा विश्वप्रसिद्ध तिब्बती बौद्ध धर्मगुरू ग्याङ खाङ रिन्पोचेले सहभागीहरूलाई २१ जम्भला (कुबेर) को पवित्र अभिषेक प्रदान गर्नुका साथै बुद्ध धर्म, करूणा, प्रज्ञा तथा आध्यात्मिक जीवन सम्बन्धी विशेष प्रवचन दिएका थिए।
प्रवचन चिनियाँ, भोट तथा अंग्रेजी भाषामा गरिएको थियो।