गैर-आवासीय नेपाली संघ (एनआरएनए)को कल्याण विभाग प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई चयन भएकी छन्।
आफूले पाएको जिम्मेवारीसॅंगै विदेशमा बसोबास गर्ने नेपालीहरूको हक, हित र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने उपाध्यक्ष राईले बताइन्।
‘विश्वभर रहेका नेपाली डायस्पोरालाई असर पार्ने विभिन्न कल्याणसम्बन्धी मुद्दाहरू समाधानका लागि मैले पहल गर्छु।
‘विभागले नेपाली नागरिकताको निरन्तरता,गोर्खा सैनिक तथा तिनका परिवारको कल्याण, नेपाली मूलका व्यक्तिहरूको हित संरक्षण, तथा एनआरएनहरूका लागि कानुनी र प्रशासनिक सहयोग प्रणाली विकास जस्ता क्षेत्रमा विशेष ध्यान दिनेछ,’ उनले भनिन, ‘विश्वभरका नेपाली समुदाय, क्षेत्रीय संयोजकहरू तथा सरोकारवालाहरूसँग सहकार्य गरेर विदेशमा रहेका नेपालीहरूको आवाजलाई सशक्त बनाउने हाम्रो प्रयास रहन्छ।नेपालीका लागि, नेपालीद्वारा भन्ने साझा दृष्टिकोणलाई अघि बढाउँदै संगठनको उद्देश्य प्राप्तिमा सक्रिय भूमिका खेल्नु हाम्रो दायित्व हो।’