अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा सर्वसम्मत चयन भएका छन्।
शनिबार धादिङबेँसीमा सम्पन्न समाजको चौथो महाधिवेशनले खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
महासचिवमा कल्याणविक्रम कार्की चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा सम्झना भण्डारी चयन भएका छन्।
महाधिवेशनका अवसरमा शिक्षा, स्वास्थ्य, पत्रकारिता तथा समाजसेवामा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।
विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले समाज स्थापना भएको हो।