देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सकिएको हो।
यो गत वर्षकोभन्दा १२.४६ प्रतिशत न्यून हो। गत वर्ष साउन ६ गतेसम्म देशभर ८४.६ प्रतिशत धान रोपाइँ सकिएको थियो।
यो अवधिमा सबैभन्दा बढी धान रोपाइँ सुदुरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत भएको छ। त्यस्तै, लुम्बिनी र कर्णाली प्रदेशमा ८७.९३ प्रतिशत धान रोपाइँ सकिएको छ भने बाग्मती प्रदेशमा ८७.१९ प्रतिशत धान रोपाइँ सकिएको छ।
गण्डकी प्रदेशमा ७९.२८ र कोशी प्रदेशमा ६१.७९ प्रतिशत धान रोपाइँ भएको छ।
यो अवधिमा सबैभन्दा कम मधेश प्रदेशमा ४६.८३ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ।