असार १५ लाई धान दविस अर्थात् मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा लिइन्छ। पर्याप्त वर्षा हुँदा विगतका वर्षहरूमा धान रोपेर हरियै हुने फाँटहरू पछिल्ला वर्षहरूमा भने समयमा वर्षा नहुँदा बाँझै रहने समस्या छ।
यस वर्ष पनि समयमा पर्याप्त वर्षा भएन। ६ दिन ढिला गरी असार ५ गते मनसुन भित्रिए पनि अहिलेसम्म देशव्यापी फैलिएको छैन। सोमबारसम्म लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानमा मात्रै यसको प्रभाव छ।
समयमै वर्षा नहुँदा रोपाइँमा ढिलाइ भएको छ।
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म २०.८ प्रतिशतमात्रै रोपाइँ सकिएको छ।
यो तथ्यांक गत वर्षको यही अवधिभन्दा झन्डै चार प्रतिशत कम हो। हालसम्म प्रदेशका १२ जिल्लामा ६२,६७०.८७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकएिको छ।
कृषि विकास निर्देशनालयका कृषि प्रचार अधिकृत नवीन गैरेका अनुसार लुम्बिनी प्रदेशमा ३ लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।
यस वर्ष सबैभन्दा कम रोपाइँ बाँकेमा भएको छ। बाँकेमा ३३ हजार ७८० हेक्टरमध्ये १६८.९ गत वर्षको तुलनामा ०.५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ।
रुपन्देहीमा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। रुपन्देहीमा ६३ हजार ५५० हेक्टरमा धान खेती हुन्छ। जसमध्ये २७,३२६.५ हेक्टर क्षेत्रमा रोपाइँ सकएिको छ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने बर्दियामा हालसम्म जम्मा १९.३१ प्रतिशत मात्र धान रोपाइँ भएको छ। बर्दियामा ६३ हजार २७ हेक्टर खेतीयोग्य जमनिमध्ये ५० हजार १५० हेक्टरमा धान रोपाइँ हुने गर्दछ।
त्यस्तै कपिलवस्तुमा १५.८ प्रतिशत रोपाइँ भएको छ। निर्देशनालयका अनुसार प्यूठानमा आठ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। प्रदेशमा सबभन्दा बढी पाल्पामा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
पाल्पामा सात हजार २८७ हेक्टरमध्ये तीन हजार २७९ दशमलव चार हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ।
दाङमा ३६ हजार २ सय हेक्टरमध्ये पाँच हजार ४३० हेक्टर अर्थात् १५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ।
त्यस्तै गुल्मीमा २५ दशमलव ७७ प्रतिशत, रुकुम पूर्वमा २५ प्रतिशत, नवलपरासी पूर्वमा २४.५ प्रतिशत र बर्दियामा १९.३१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। अर्घाखाँचीमा ११.२७ प्रतिशत र रोल्पामा ४.८ प्रतिशत मात्र रोपाइँ भएको छ।
बुटवलले मनायो धान दिवस
बुटवल उपमहानगरपालिकाले राष्ट्रिय धान दिवस मनाएको छ।
बुटवल उपमहानगरपालिका-१७ वडा कार्यालयको आयोजना एवं सिम्रिक कृषि सहकारी संस्था लिमिटेड बुटवल-१७ को समन्वयमा मोतिपुरमा २३ औं राष्ट्रिय धान दिवस मनाइएको हो।
जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भर्ता र समृद्धि' भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रा अर्यालले धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए। हिलो खेलेर, असारे गीत गाउँदै र परम्परागत शैलीमा धान रोपेर स्थानीय किसानहरूसँगै जनप्रतिनिधिहरूले पनि उत्सव मनाएका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले कृषिमा आधुनिक र जलवायूमैत्री प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए। उनले बुटवललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानका समस्या समाधान गर्न उपमहानगरपालिकाले सधैँ प्राथमकिता दिने प्रतिबद्धता व्यक्त गरे।
उपप्रमुख सावित्रा अर्यालले उत्पादन वृद्धि र व्यावसायिक कृषिमार्फत मात्रै समृद्धि हासिल गर्न सकिने धारणा राखिन्।
उनले यस्ता कार्यक्रमबाट किसानहरूमा ऊर्जा थप्ने र सामूहिक खेतीको भावना विकास गर्ने विश्वास व्यक्ति गरिन्।
बुटवल उपमहानगरपालिकाले नगरभित्रका कृषियोग्य भूमिको संरक्षण गर्दै उत्पादकत्व बढाउन विभिन्न अनुदान र प्राविधिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस वर्षको धान दिवसले आधुनकि प्रविधि अवलम्बन र उत्पादन वृद्धिमा नयाँ उत्साह थपेको स्थानीयको भनाइ छ।
-ink-1782724380.jpeg)
-ink-1782724380.jpeg)
-ink-1782724379.jpeg)
-ink-1782724380.jpeg)
-ink-1782724379.jpeg)