सोमबार सेयर बजारको परिसूचक नेप्से ९ अंकले झरेको छ। ९. ५४ अंकले झरेको परिसूचक ११६८ अंकमा कायम भएको छ।
यस दिन १७३ कम्पनीको २९ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भयो। बजारको पुँजीकरण १४ खर्ब ८४ अर्बमा झरेको छ। यस दिन उत्पादनबाहेकका सबै समूह ओर्लिए। सो समूह ५ अंकले हरियो रह्यो।
बैंकिङ ६, व्यापार ४, होटल ४४, विकास बैंक ३, जलविद्युत ८, फाइनान्स २, निर्जीवन बीमा समूह ६६, अन्य १०, माइक्रोफाइनान्स १३ तथा जीवन बीमा समूह ६४ अंकले ओर्लिए।
रकमका आधारमा सिभिल बैंक संस्थापक समूहको उच्च कारोबार भयो। सो कम्पनीको ४ करोड रुपैयाँको सेयर किनबेच भयो। कुमारी बैंकको १ करोड १९ लाखको कारोबार भयो।
नाफा कमाउनेमा आँधीखोला लघुवित्तका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीको मूल्य ५ प्रतिशतले बढेको छ। हिमालय उर्जा विकासको मूल्य ४ प्रतिशतले बढ्यो।
यस दिन युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले घट्यो।