गएको एक वर्षमा कर्मचारी सञ्चय कोषको मौजदात ३१ अर्बले बढेको छ। कोषले जारी गरेको सार्वजनिक सूचना अनुसार कोषको नगद मौजदात ३ खर्ब ९ अर्ब पुगेको छ। जुन अघिल्लो वर्ष २ खर्ब ७८ अर्ब थियो।
कोषको कूल सम्पत्ति ३ खर्ब ४५ अर्ब पुगेको छ भने लगानी ३ खर्ब ३८ अर्ब। ३१ अर्ब जगेडा कोषमा राखेको कोषले सञ्चयकर्तालाई ८.२५ प्रतिशत ब्याजदार दिने भएको छ।
सरकारी तथा संस्थागत गरी २६ हजार कार्यालयका ६ लाख संचयकर्ता भएको कोष विभिन्न आयोजनासँगै सञ्चयकर्तालाई ऋण तथा सापटी पनि दिने गरेको छ।
सञ्चयकर्तालाई दिने सापटी तथा ऋणको ब्याजदर कोषले ९.५ दखेखि १०.२५ प्रतिशतसम्म लिने गरेको छ।
कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते कोष स्थापना भएको कोषले यही आर्थिक वर्षदेखि सरकारले ल्याएको योगदानमा आधारित निवृत्तिभरण योजना पनि शुरु गरेको छ।