नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दोहोरो अंकले बढेको छ। ११३५.३७ अंकबाट कारोबार सुरु भएको सोमबारको नेप्से १३.५१ अंकले बढेर ११४८.८९ अंकमा पुगेको छ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक २.६५ अंकले बढेर २५३.१७ अंकमा पुगेको छ।
आज १ सय ७३ कम्पनीको १४ लाख ५९ हजार ७ सय कित्ता शेयर किनबेच हुँदा ४६ करोड ४२ लाख २० हजार रुपैयाँको कारोबार भयो।
सूचक बढेसँगै प्राय सबै उपसूचक पनि सकारात्मक देखिएका छन्। सोमबार सबैभन्दा बढी निर्जीवन बीमाको शेयर १५६.३४ अंकले बढेको छ।
त्यस्तै, जीवन बीमाको शेयर ६०.९८, माइक्रोफाइनान्स ५०.४३, उत्पादन समूह २९.७३ तथा विकास बैंकको शेयर २९.१५ अंकले बढ्यो। सोमबार अन्य उपसूचक ०.७४ अंकले घट्दा म्युचुअल फन्ड भने स्थीर रहेको छ।
सोमबार सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको २ करोड ३० लाखको कारोबार भयो। यस्तै दोस्रोमा एनएमबी बैंकको १ करोड ९२ लाखको कारोबार भयो।
आज समिट लघुबित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। सबैभन्दा बढी गुमाउनेमा नविल इक्वीटी फण्डका लगानीकर्ता छन्।