कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आइपिओ बचत खाता सञ्चालनमा ल्याएको छ।
यस खातामार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरूका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।
श्रम स्वीकृति, वैध भिषा र पासपोर्टका आधारमा रेमिट आइपिओ बचत खाता खोली प्राथमिक सेयरमा आवेदन दिन सकिने छ।
शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको बैंकको भनाइ छ।
वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक शेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधाले मद्दत गर्ने विश्वास गरिएको छ।
बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ६० शाखारहित बैंकिङ इकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ।