मंगलबार नेप्से परिसूचक २३.८२ अंकले घटेको छ।
यसदिन नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर १८२९.६५ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब नौ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँ पुगेको छ।
यस दिन २८५ वटा धितोपत्रको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ८.१३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २३१ रुपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, बिपिडब्यू लघुवित्तको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ९९४ रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा माथिल्लो मैलुङ खोला जलविद्युत रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २३३ रुपैयाँ ८० पैसामा झरेको छ।
यस्तै, महिला लघुवित्तको सेयर मूल्य ८.४६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५६८ रुपैयाँमा सीमित भएको छ।
मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६२२ रुपैयाँ ५० पैसामा ७ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.५९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २६० रुपैयाँ ५० पैसामा ४ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड ०.४२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ०.४२ प्रतिशतले घटेको छ।