प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर भन्ने नाराका साथ 'ग्लोबल मनी विक २०२४' १२औं संस्करणमा कुमारी बैंकले प्रभावकारी तरिकाले सहभागिता जनाएको छ।
वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतीका शिकार हुन पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरूमा वित्तीय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोवृद्धि प्रवर्द्धनमार्फत् कुसल वित्तीय व्यवहार विकासलाई प्रमुख लक्ष्यका रूपमा लिँदै निम्न क्रियाकलापहरू गरेको थियो।
वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन
वित्तीय साक्षरता तथा आचरण प्रवर्द्धनका लागि कर्मचारीहरूको प्रतिवद्धता कार्यक्रम सञ्चालन
देशैभरी वित्तीय साक्षरताका आधारस्तम्भहरूको प्रशिक्षण सञ्चालन
वित्तीय साक्षरता तथा आचरण विकासका लागि सहभागिहरुलाई सपथ कार्यक्रम सञ्चालन
बैंकको सामाजिक संजाल मार्फत वित्तीय साक्षरता सम्बन्धि क्विज तथा जनचेतना विकासका सामग्री प्रसारण
देशैभरी वर्षै भरी वित्तीय साक्षरता प्रवर्द्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरूको अभिनय सहितको भिडिओ श्रृंखला तथा सामाजिक विषय वस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक
सबैका लागि सधैका लागि आधुनिक बैंकिङ सेवा प्रवाहमा अनवरत आफूलाई अग्रपंतिमा उभ्याउन सफल कुमारी बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरूबाट १२३ ओटा वित्तीय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो जसमा ५४ सय भन्दा बढी विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरूले सहभागिता जनाएका थिए।