मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
गत शुक्रबारदेखि एकको खरिददर १३३ रूपैयाँ १५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७५ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ५८ पैसा र बिक्रीदर १४४ रूपैयाँ २३ पैसा तोकिएको छ।
सोमबार युरो एकको खरिददर १४३ रूपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३८ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसा घटेको हो।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ८७ रूपैयाँ १७ पैसा पाइन्छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा घटेको हो।
त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७१ पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ १६ पैसा र बिक्रीमा २८ रूपैयाँ २८ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८४ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १६ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७६ पैसा तोकिएको छ।