सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको आज (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित)दिने घोषणा गरेको हो। प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
सोही बैठकले कम्पनीको ५ औं वार्षिक साधारण सभा समेत बोलाएको छ। सभा आगामी वैशाख १२ गते रूपन्देहीमा हुनेछ।
उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित हुनुका साथै ५ जना संस्थापक र एक जना सर्वसाधारण सेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित हुनेछ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३० गते (एक दिन) बुक क्लोज गर्ने भएको छ। चैत २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्।