स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने घोषणा गरेको हो।
बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।