मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ।
नेप्से ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार ४ अर्ब रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ७९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३६० वटा धितोपत्रको एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ वटाको घटेको छ। यस्तै, ८ कम्पनी स्थिर छन्।
बेनी हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४६६ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको मूल्य १२.०९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ४०८ रूपैयाँ कायम भएको छ।
यसदिन युनिलिभर नेपालको मूल्य सर्वाधिक ४.९१ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४७ हजार ५०० रूपैयाँ पुगेको छ।
यसैगरी, नबिल बैंक डिबेन्चर २०८९ को मूल्य ४.३५ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार एक सय रूपैयाँमा सीमित भएको छ।
मंगलबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३२५ रूपैयाँमा २८ करोड ५८ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.८८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा पिपुल्स हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ३६५ रूपैयाँमा २४ करोड ६९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको घटेको छ।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ।