सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।