बुधबार नेप्से परिसूचक ३.४३ अंकले घटेको छ।
यसदिन नेप्से ०.१७ प्रतिशतले घटेर २००६.७८ विन्दुमा बन्द भएको छ।
बुधबारको बजारमा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् मंगलबार २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रूपैयाँ को कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २४ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३२२ वटा धितोपत्रको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन गुराँस लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७९६ रूपैयाँ ८० पैसा कायम भएको छ।
यस्तै, विन नेपाल लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४०१ रूपैयाँ पुगेको छ।
रिभर फल्स पावरको मूल्य सर्वाधिक ४.४० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ३९१ रूपैयाँ कायम भएको छ।
यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ४.०८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४०६ रूपैयाँ ७० पैसामा झरेको छ।
बुधबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५१८ रूपैयाँमा २५ करोड ८० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.७४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सर्वोत्तम सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८९५ रूपैयाँ ५० पैसामा १२ करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने १० समूहको परिसूचक घटेको छ।
यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशतले घटेको छ।