मंगलबार नेप्से परिसूचक ९.१९ अंकले बढेको छ।
यस दिन नेप्से ०.४५ प्रतिशतले बढेर २०३६.०१ विन्दुमा बन्द भएको छ।
मंगलबारको बजारमा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् सोमबार ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ११ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३१५ वटा धितोपत्रको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन तीन वित्त कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।
जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स, पोखरा फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य एक हजार ५११ रूपैयाँ १० पैसा कायम भएको छ।
यस्तै, माहुली लघुवित्तको सेयरमूल्य ५.३३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ११८ रूपैयाँमा झरेको छ।
मंगलबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४९९ रूपैयाँ १० पैसामा १८ करोड ८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१४ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८५२ रूपैयाँमा १६ करोड ०५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.४६ प्रतिशतले घटेको छ।