बजारमा आज अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलरको भाउ भाउ बढेको हो।
शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा रहेकोमा आज डलर एकको खरिदमा १३३ रूपैयाँ १७ पैसा र बिक्रीमा १३३ रूपैयाँ ७७ पैसा पाइन्छ।
आज युरोपियन युरोको भाउ भने घटेको छ।
युरो एकको खरिदमा आज १४१ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५६ पैसा पाइन्छ। शुक्रबार युरो एकको खरिददर १४२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रूपैयाँ १७ पैसा कायम गरिएको थियो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा भने आज १६६ रूपैयाँ १२ पैसा र बिक्रीमा १६६ रूपैयाँ ८७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आइतबार आज ८६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ८६ रूपैयाँ ८७ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा आज ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३५ पैसा पाइन्छ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आजको लागि ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २७ रूपैयाँ ९२ पैसा र बिक्रीमा २८ रूपैयाँ ०४ पैसा पाइन्छ।
आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ १९ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १३ पैसा तोकेको छ।
त्यसैगरी बहराइन दिनार एकको खरिददर भने ३५३ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८० पैसा कायम गरिएको छ।