सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांशको लागि बुक क्लोज र साधारण सभाको मिति सार्वजनिक गरेको छ।
कम्पनीले १०.२६ प्रतिशत बोनस सेयर र २५.७४ नगद लाभांश घोषणा गरेको थियो।
आगामी वैशाख सात गते कम्पनीले बुक क्लोज मिति तोकेको छ।
वैशाख ६ गतेसम्म सेयर किनबेच गर्ने लगानीकर्ताले कम्पनीको यस्तो लाभांश प्राप्त गर्नेछन्।
कम्पनीको १६ औं बार्षिक साधारण सभा पनि वैशाख २१ गतेको लागि तोकिएको छ। सभाले पारित गरेपछि लगानीकर्ताले कम्पनीको लाभांश प्राप्त गर्छन्।