ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक भएको छ। बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो।
पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा पाँचसय रुपैयाँसम्मको क्यासब्याक पाइनेछ।
बैैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा पाँच सय रुपैयाँसम्म थप गरिदिनेछ।
यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा एक सय रुपैयाँ, ५० हजारदेखि एक लाख रूपैयाँसम्म पैसा पठाउँदा दुई सय ५० रुपैयाँ र एक लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा पाँचसय रुपैयाँ क्यासब्याक प्राप्त हुनेछ।
यो योजना जुन १०, २०२४ अर्थात् जेठ २८ गतेसम्म लागू रहनेछ।
ग्लोबल आइएमई बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सय भन्दा बढी केन्द्रबाट सेवा दिइरहेको छ।