बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९४ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९२ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको २ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ३० पैसा र बिक्रीमा १४३ रूपैयाँ ९५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ५५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९५ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ९३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रूपैयाँ ५६ पैसा र बिक्रीदर १६७ रूपैयाँ ३१ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३० र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ १२ पैसा र बिक्रीमा २८ रूपैयाँ २४ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ३९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २५ पैसा तोकिएको छ।